लगानी बोर्डको सीईओको लागि आवेदन खुला, यस्ता छन् योग्यता

काठमाण्डौ – लगानी बोर्ड नेपालले प्रमुख कार्यकारी अधिकृत सीईओको लागि आवेदन खुला गरेको छ ।
मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा निवेदन दिन आग्रह गरेको छ ।
सार्वजनिक नीजि साझेदारी तथा लगानी ऐन २०७५ मा उल्लेख भएका व्यक्तिले मात्रै सीईओ पदको लागि आवेदन दिन पाउनेछन् ।
आवेदनको लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्य, कानुन, इन्जिनियरिङ वा विकाससँग सम्बन्धित विषयमा स्नातकोत्तर गरेको हुनुपर्नेछ । यस्तै परियोजना विकास, सार्वजनिक
खरिद, सार्वजनिक–नीजि साझेदारी, लगानी प्रवर्द्धन, विकास, प्रशासन, बैंक, वित्तीय क्षेत्र र औद्योगिक व्यवस्थापनको क्षेत्रमा कम्तिमा १० वर्ष अनुभव भएको नेपाली हुनुपर्ने ऐनमा उल्लेख छ ।
तर भ्रष्टाचार, चोरी, मानव बेचविखन, जवरजस्ती करणी लगायतका नैतिक पतन देखिने र फौजदारी अभियोगमा अदालतबाट कसुर ठहरिएको व्यक्ति सीईओको दावेदार बन्न अयोग्य हुनेछ । ३५ वर्ष पूरा भएको र
६५ वर्ष ननाघेकोले मात्रै आवेदन दिन पाउनेछन् ।
बोर्डको सीईओ नियुक्तीको लागि बोर्डको उपाध्यक्षको संयोजकत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल सरकारले तोकेको विज्ञ रहेको समिति आवदेनहरुबाट तीन जनामध्ये एक जनाको नाम सिफारिस गर्नेछ ।