हेटौंडाका मोतीलालले २७ दिनमा कोरोनालाई जिते, आइसोलेसनबाट डिस्चार्ज
हेटौंडा । हेटौंडा ९ का ५० वर्षिय मोतीलाल पोख्रेलले २७ दिनमा कोरोना भाइरस (कोभिड १९) लाई जितेका छन् । उहाँले २७ दिनपछी कोरोनालाई जितेर आज घर पठाइएको कर्राको आइसोलेसनका इन्चार्ज भोला चौलागाईले वताउनुभयो । भारतबाट घरमा आएका मोतीलालको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ आएपछी आज कर्रामा रहेको आइसोलेसनबाट डिस्चार्ज गरिएको हो ।
उहाँलाई हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मिना कुमारी लामा, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, बागमती प्रदेशका शसामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरूषोत्तम सेढाइ, हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण श्रेष्ठ लगायतले विदाइ गर्नुभयो । वार्डबाट विदा भएका उहाँ अब होम क्वारेन्टाइनमा मापदण्ड पूरा गरि बस्नुपर्ने छ ।
बितेको जेठ १२ गते हेटौंडाको आइसोलेसनमा भर्ना हुनुभएका पोख्रेलले कोरोनालाई जितेर आज घर जानु भएको हो । अहिले हेटौंडाको आइसोलेसनमा मनहरीका ६ जना कोरोना संक्रमित रहेका छन् ।