हेटौंडा–काठमाण्डौ जोड्ने दुइवटा सडक अवरुद्ध

जनपत्र
६ असार २०७७, शनिबार १०:१०

हेटौंडा । हेटौंडा–काठमाण्डौ ओहोर दोहोर गर्ने दुईवटा सडक अवरुद्ध भएको छ । कान्तीलोक सडक र छोटो दुरीको मार्गको सडक हिजो देखिनै अवरुद्ध अवस्थामा छन् । खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

छोटो दुीको मार्ग अन्तरगत मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा–काठमाडौं सडक अवरुद्ध भएको छ । भीमफेदी माथि जुरीखेतदेखि देउरालीसम्मको आधा दर्जन स्थानमा पहिरो गएको हो । पहिरोका कारण विद्युतको प‍ोल समेत ढलेका छन् । पहिरो गएपछि यो सडक भएर काठमाडौं जान त्यहाँ पुगेका र काठमाडौंबाट आइपुगेका सवारी रोकिएका छन् ।

यसैगरी तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमध्येको एक कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको छ । मकवानपुरको बकैया–११ स्थित घट्टेपाखामा शुक्रबार बिहान पहिरो गएसँगै काठमाडौं आउजाउ गर्ने सवारी सञ्चालनमा आउन सकेको छैन । केही दिनदेखिको वर्षाका कारण कान्ति लोकपथअन्तर्गत मकवानपुर र ललितपुरका विभिन्न स्थानमा पहिरो खसेर आवतजावतमा समस्या हुँदै आएको थियो ।

मकवानपुरको ठिंगनदेखि जितपुर भञ्ज्याङसम्म आधा दर्जन बढी स्थानमा पहिरो गएको डिएसपी रानाले वताउनुभयो । कालोपत्रेसमेत भइरसकेको सडकमाथिबाट पहिरो खस्दा निर्माणाधीन लोकपथमा क्षति पुगेको छ । ठाउँ ठाउँमा पहिरो जानेक्रम नरोकिएकाले राजमार्ग तत्काल खुलाउन समस्या हुने देखिएको छ । गत वर्षको वर्षामा पनि विभिन्न ठाउँमा पहिरो जाँदा लोकपथमा करोडौं रुपैयाँको भौतिक क्षति भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*