मनहरीका ६ जना कोरोना संक्रमित हेटौंडाको आइसोलेसनमा भर्ना

जनपत्र
५ असार २०७७, शुक्रबार १७:५४

हेटौंडा । मकवानपुरको मनहरीका ६ जना कोरोना संक्रमितलाई हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा भर्ना गरिएको छ । मनहरीको क्वारेन्टीनमा रहेका ६ जनालाई आइसोलेसनमा भर्ना गरिएको हो ।

मकवानपुरको मनहरीमा कोरोना संक्रमण देखिएका २२ देखि ४० वर्ष सम्मका ५ जना पुरुष एक जना महिला रहेको पाइएको छ । उनीहरु २२ देखि ४० वर्ष सम्मका छन् । उनीहरुलाई एमुलेन्समा राखेर ल्याएर भर्ना गरिएको आइसोलेसनका इन्चार्ज जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

मनहरीको लामिटार क्वारेन्टाइनमा रहेका मनहरी १ का २६ र ३७ वर्षिय पुरुष, मनहरी ४ का ३० वर्षिय महिला, २८ ४० वर्षिय पुरुष र मनहरी ७ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखा परेको हो । हेटौंडाको प्रयोगशालामा जाँच गराउँदा उनीहरुमा कोरोना संक्रमण देखापरेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

भारतबाट आएका छ जनामै कोरोना संक्रमण देखिएको हो । आज हेटौंडाको प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा मनहरीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्यकर्मीले वताएका छन् । भारतबाट आएका ती ६ जनाको स्वाव कीटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडामा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

बिदेशबाट फर्कनेहरुलाई क्वोन्टाइनमा राख्ने गरीएको र हिजो रिपोर्ट आएकाहरुमा नेगेटिभ आएपनि आज प्राप्त रिपोर्टमा भने ६ जनामा कोरोना संक्रमण देखापरेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*