कतारबाट मकवानपुरे सहित २० नेपालीको शव नेपाल ल्याइयो

अनिल पराजुली
५ असार २०७७, शुक्रबार १५:०६

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका एक जना मकवानपुरे सहित २० जनाको शव लिएर शुक्रवार कतार एयरलाइन्सको जहाज नेपाल गएको छ ।

कतारको दोहा स्थित हमाल अन्र्तराष्ट्रिय विमान स्थलबाट नेपालको त्रिभुवन विमान स्थल काठमाडौं नेपालीको शव लिएर कतार एयरलाइन्स गएको हो । बैदेशिक रोजगार बोर्डले दिएको जानकारी अनुसार मकवानपुरको भीमफेदी गाउपालिकाका जितेन्द्र थापामगर मगर सहित २० जनाको शव नेपाल लगिएको छ ।

बोर्डका अनुसार कतार एयरलाइन्समा कपिलबस्तुको दोहनीका महमुद अलमान मुसलमान, सर्लाहीको हरिवनका मुस्ताक साइक, सिराहाको परासीका रुपेशकुमार मण्डल, लमजुङको धोदेनीका कुम्बा तामाङ, बाँकेको रझेनाका भक्तबहादुर थापामगर, सप्तरीको लोहताराका राजेन्द्रप्रसाद भण्डलको शव नेपाल लिएर गएको छ ।

त्यस्तै मोरङको कोसी हरैंचाका युवराज अधिकारी, भोजपुरको देउरालीका मीनबहादुर थापा, सुर्खेतको सहारेका नरबहादुर कामी, भोजपुरको टुंगेचाका मंगलबहादुर तामाङ, बर्दियाको मोतिपुरका सुकराम थारु, सर्लाहीको इश्वरपुरका अरुणकुमार पजियार, महोत्तरीको दम्हीका शिवशंकर राउत, धनुषाको भरतपुरका चुतर्वा मण्डल, रुपन्देहीको देवदहका यामबहादुर थापा, सिराहाको सुखचैनाका कासिदेव यादब, सर्लाहीको सधोवाका पासवान र महोत्तरीको औरहीका अनिल चौधरीको शव पनि कतार एयरलाइन्सले शुक्रबार नेपाल लगेको हो ।

शवहरु लिएर कतार एयरलाइन्सको जहाज शुक्रवार बिहान ५ः३० बजे नेपालका लागि उडेको थियो । कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर गएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाएको हो ।

कतार एयरलाइन्सले अन्य १ सय २० यात्रु पनि लैजाने सहमति भएपनि स्वास्थ्य परीक्षणको कारण उनीहरु रोकिएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीको शव यति ठूलो संख्यामा एकैपटक नेपाल गएको सम्भवत पहिलोपटक हुन सक्ने कतारबाट प्रकाशित हुने क्यू एन खबरले जनाएको छ । हाल कतारमा करिव ३ लाख ५१ हजार नेपालीहरु कार्यरत रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*