लकडाउनका कारण समस्यामा परेका साना उद्योगीलाई बागमती प्रदेश सरकारको सहयोग

जनपत्र
५ असार २०७७, शुक्रबार ०८:२१

हेटौंडा । लामो समयको लकडाउनका कारण समस्यामा परेका बागमती प्रदेशका साना तथा घरेलु उद्योगलाई प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सहयोगका कार्यक्रम ल्याएको छ ।

कोभिड १९ का कारण उद्योग तथा पर्यटन क्षेत्रमा परेको प्रतिकुल असरलाई व्यवस्थापन गर्न स्वास्थ्य सुरक्षा सुदृढ गरी नीजि क्षेत्रको सहकार्यमा अनुकुल वातावरण तयार गर्दै अवरुद्ध भएका घरेलु तथा साना उद्योगहरु तत्काल संचालनमा ल्याउन र नवउद्यमीहरुका लागि उद्यमरउद्योग स्थापना तथा संचालनका लागि केही सहयोगका कार्यक्रम ल्याइएको प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले वताउनुभयो । उद्यमीको हात प्रदेश सरकारको साथ कार्यक्रम सञ्चालन गर्नेगर िबजेटमा समेटिएको उहाँले वताउनुभयो ।

आफ्नै श्रोत आफ्नै उद्यम भन्ने सोचका साथ कृषि, फलफुल, जडिवुटी, हस्तकला, वनमा आधारित घरेलु तथा साना उद्योगको संचालनमा सहयोग प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण गर्न बजेट विनियोजन गरिएको उहाँले वताउनुभयो । प्रविधि हस्तान्तरण कार्यबाट ७ सय ३२ वटा उद्योगको स्तर पुँजीवृद्धि भई १ हजार ४ सय ६४ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अनुमान गरिएको मन्त्री नेपालले वताउनुभयो ।

प्रदेश भित्रका विपन्न तथा गरीब समुदायका महिला, दलित युवाहरुलाई स्वरोजगार वनाउन लघुउद्यमी संघको सहकार्यमा ४ सय १० जना नयाँ उद्यमी श्रृजना र २ सय ७५ जना उद्यमीलाई स्त्तरोन्नतीका लागि रकमको व्यवस्था गरिएको छ । रोजगारी तथा दक्ष औद्योगिक जनशक्ति उत्पादन गर्न प्रविधि सहितको प्राविधिक तालिमको व्यवस्था मिलाएको उहाँले वताउनुभयो । बजेटले भ्याएसम्म धेरै साना उद्योगीलाई केही सहयोग गर्ने कार्यक्रम ल्याइएको उहाँले वताउनुभयो । प्रविधि सहितको प्राविधिक तालिमबाट २ सय जना दिक्षीत भई रोजगारी प्राप्त गर्ने छन्।

सिन्धुलीको हरिहरपुर गढी र मकवानपुरको मनहरीमा प्रादेशीक औद्योगिक क्षेत्र

सिन्धुलीको हरिहरपुर गढी र मकवानपुरको मनहरीमा प्रदेश औद्योगिक क्षेत्र स्थापनाको कार्य प्रारम्भ भएको छ । वातावरणीय अध्ययन र जग्गा प्राप्तिको प्रकृया तत्कालै पुरा गरी प्रदेश औद्योगिक क्षेत्र पूर्वाधार निर्माण प्रारम्भ गर्न बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रादेसीक औद्योगिक क्षेत्रबाट केही उद्योग स्थापना हुने र रोजगारी समेत पाउने उहाँले वताउनुभयो । मकवानपुर।को मनहरीमा कागज उद्योग स्थापना गर्ने अन्तिम तयारीका साथ काम भइरहेको मन्त्री नेपालले वताउनुभयो । एक स्थानीय तह एक उद्योग ग्राम कार्यक्रम अन्तरगत पहिचान भएका स्थानमा पाँच वटा ‍उद्योग ग्रामको पुर्वाधार निर्माण गर्न र थप दश उद्योग ग्रामको सम्भाव्यता अध्ययन, वातावरणीय अध्ययन र जग्गा प्राप्ती कार्य समेतका लागि ११ करोड रकम छुट्याइएको छ ।

जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयबाट वस्तु विकास तथा प्रशिक्षण कार्यक्रम रत्नपत्थर, धादिङ, ढाका बुनाई–नुवाकोट, काष्ठकला र धातुकला–ललितपुर, बाँस निगालो–सिन्धुली, हाते कागज–सिन्धुपाल्चोक, दोलखामा संचालन गर्ने व्यवस्था प्रदेश सरकारले मिलाएको छ । यो कार्यक्रमबाट १ सय जनाले व्यवसाय शुरुवात गर्ने अपेक्षा लिएको छ।

आफ्नै ठाँउ नभएका उद्यमीलाई एकै स्थानमा बसी उद्यम संचालन गर्न साझा सुविधा केन्द्र निर्माण र उद्यमीको उत्पादनको सहज विक्रीका लागि वजार घर निर्माण कार्यलाई निरन्तरता दिन आवश्यक रकम विनियोजन प्रदेश सरकारले छुट्याएको छ । यो कार्यक्रमबाट ३ सय जना उद्यमीहरु उद्यम तथा उत्पादनमा सहभागी भइ स्वाबलम्बी हुनेछन ।

परम्परागत ज्ञान र सीपको संरक्षण, प्रवर्धन गर्न एवम् गरीब, विपन्न, महिला, दलित जस्ता समुदायले उत्पादन गरेका उपजहरुको उत्पादन तथा वजारीकरणमा टेवा पुर्याउन स्थानीय तहको सहकार्यमा सबै जिल्लामा कोशेली तथा घरेलु उपज विक्री केन्द्र स्थापनाका लागि ३ करोड बजेट विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

प्रदेश भित्र स्थापना गर्ने गरी कागज उद्योग र जडीवुटी प्रशोधन उद्योगको स्थापनाका लागि आर्थिक विश्लेषण र जग्गा प्राप्तीका लागि रकम व्यवस्था गरिएको छ । चेपाङ्गका लागि चिउरी कार्यक्रम अन्तरगत चिउरी खेती र चेपाङ्ग समुदायको सहभागितामा चिउरी प्रशोधन उद्योग स्थापनाका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*