हेटौंडामा लकडाउनमै पाँच सय जनाले पाए रोजगारी

हेटौंडा/ झण्डै तीन महिनासम्मको लकडाउनले दशैभर जनजिवन अस्तव्यस्त पा¥र्यो । अहिले लकडाउन खुकुलो गरेता पनि अझै लामो—लामो दुरीका मजदुरहरुले काम पाउन सकेको छैन् ।
तर, हेटौंडा उपमहानगरपालिकामा भने लकडाउनको करिब अधा समयमा काम सुरु हुन गयो । उपमहानगरपालिकाका केहि व्यतहरु दिनभरि काम गरी बेलुकाको छाक टार्नपुराउन बाध्यता भएका लकडाउन कारण निकै निराश छाएको थियो । तर, पछिल्लो एक महिनादेखि ती व्यक्तिहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीमा जोडिने मौका पाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले लकडाउनका कारण समस्यामा परेर बेरोजगार वनेका युवाहरुलाई सहयोग पुगेको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो । यो कार्यक्रमले धेरैलाई रोजगारी दिने कार्यक्रम रहेपनि अहिले पहिलो चरणमा पाँच सय युवालाई मात्र रोजगारी दिएको उहाँले वताउनुभयो ।
दिनभरि घरमै बस्नुपर्दा परिवारको हातमुख जोड्ने उपाय नपाएर रन्थनिएको थिएँ हेटौंडा १५ का अशिम लामाले भने केही दिनलाई भए पनि काम पाउँदा खुशी लागेको छ । उनी अहिले चाविल पुर्कोट सडक मर्मतको काममा संलग्न छन् । उनले दैनिक ६५० रुपैयाँँ पाउने गरेका छन् ।
लामाजस्तै हेटौंडा उपमहानगरपालिकामा धेरै बेरोजगार नै थिए । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अहिले करिब पाँचसय जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम प्राप्त गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । अहिले उपमहानगरपालिकाले नौ वटा वडामा प्रधानमन्त्री रोजगारकार्यक्रम सञ्चालन गरिरहेको छ ।
जसमा हेटौंडा १ भैरवडाँडामा सिडि निर्माण कार्य सञ्चालन भईरहेको छ । यहाँका ३५—४० जनासम्मका बासिन्दाले रोजगारी पाएका छन् भने यस कार्यको बजेट पाँच लाख रहेको हेटौंडा उपमहानगरपालिकाका रोजगार संयोजक विजन श्रेष्ठले जानकारी गराए । त्यसैगरि वडा न ३ मा डाङडुंगे खोलामा तटबन्धन कार्य भईरहेको छ, जसमा ३० देखि ३५ जनाले रोजगारी पाएका छन् भने यसको बजेट पाँच लाख रहेको छ ।
यता, वडा नं. ७ हरियाली टोलमा पनि तटबन्धनको कार्यको कार्य भईरहेको छ । जसमा ६० देखि ७० जनाले रोजगार पाएका छन् भने १० लाख बजेट यस कार्यको लागि रहेको रोजगार संयोजक श्रेष्ठले जानकारी गराए । वडा नं. ८ मा पनि ढल निर्माण कार्य भइरहेको छ, जसमा ५० देखि ५५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १० लाखको बजेट रहेको छ ।
यसैगरि, वडा नं.१२ मा पनि तटबन्धन कार्य र वरिपरि बाटो बनाउने काम भइरहेको छ । जसमा ५० देखि ६० जनाले रोजगार पाएका छन् भने यसको बजेट १० लाख रहेको श्रेष्ठले बताए । वडा नं. १३ मा स्वास्थ्यचौकीको जग र पिल्लर निर्माण र पोखरी वरिपरि सरसफाई गर्ने कार्य भईरहेको छ । जसमा ६० देखि ८० जनाले रोजगारी प्राप्त गरेका छन् भने यसको बजेट आँठ लाख रहेको छ ।
वडा नं. १५ मा खहरेमा तटबन्धन कार्यभईरहेको छ । जसमा ३० देखि ४० जनाले रोजगारि पाएका छन्, भने यसको बजेट पाँच लाख रहेको छ । त्यस्तै वडा नं. १८ हर्नामाडी गुम्बाडाँडा स्थित पैदल मार्ग निर्माण भईरहेको छ । ० देखि एकसयजनाले रोजगार प्राप्त गरेका छवडा नं. १ हर्नामाडी गुम्बाडाँडा स्थित पैदल मार्ग निर्माण भईरहेको छ । ८० देखि एकसयजनाले रोजगार प्राप्त गरेका छन् जसमा १० लाखको बजेट रहेको रोजगार संयोजग श्रेष्ठले बताए ।
त्यस्तै यता, वडा नं. १९ मा पनि पानिको अभाव रहेको ठाँउमा सिंचाईकुलो निर्माण गर्ने कार्य भईरहेको छ । जसमा ६० देखि ८० जनाले रोजगार पाएका छन् भने यसको बजेट १० लाख रहेको छ ।
नौ वटै वडाहरुमा जेष्ठदेखि सुरु भएको यस कार्य असार १७ गतेसम्म सक्ने श्रेष्ठले जानकारी गराए । उनका अनुसार, फाल्गुनमा आएको उतm कार्यक्रम बैशाखसम्म सकाउने लक्ष्य रहेता पनि बिचमा लकडाउनले असर गरेको हो । श्रेष्ठले भने, जेष्ठदेखि नै सुरुवात गरेको भएरपनि होला, लकडाउनको अवधिमा बेरोजगार युवाहरुको थुप्रै सहभागिता रहेको छ । यस कार्यक्रमले बेरोजगार युवाहरुलाई ठुलो राहात प्रदान गरेको उनले बताए ।