हेटौंडा अस्पताललाई ५० वेड सेट सहयोग
हेटौंडा । हेटौंडा अस्पताललाई लिसा हिमालय इभिले ५० वटा वेड र त्यसलाई आवस्यक सामाग्री सहयोग गरेको छ । आज एक कार्यक्रमका विच अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरिएको हो ।
बेड हस्तान्तरण कार्यक्रममा बोल्दे बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सानो सहयोगको पनि महत्व ठुलो भएको वताउनुभयो । हेटौंडा अस्पताललाई प्रदेश सरकारले तीन सय वेढमा स्तरउन्नती गर्न लागेको उहाँले वताउनुभयो ।
सहयोग सामग्री लिसा हिमालय इभि जर्मनीका प्रमुख डानिला झ्यारिङ र नेपाल निर्देशक स्टेफन स्कोलीले हेटौंडा अस्पताललाई अध्यक्ष प्रकाश पौडेल र मेडिकल सुपरीटेन्डेण्ट डा प्रविण श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल लगायतको सहभागिता रहेको थियो ।
संस्थाले हस्पिटल बेड, बेड म्याटरेष्ट र सिरानी ५०–५० थान, सिरानीको खोल र तन्दा १००–१०० थान, बेड साइड लकर र स्टुल ५०–५० थान, आईभि स्ट्याण्ड ५० थान र व्यवस्थापन खर्च ५१ हजार ८ सय ७० रुपैंया गरी १८ लाख ३७ हजार ९ सय ३५ रुपैंया बराबरको सहयोग गरेको छ ।