कर्णाली करिडोरमा धमाधम काम हुँदै

जनपत्र
३ असार २०७७, बुधबार ०७:३६

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको निर्माण कार्य बन्दाबन्दीमा पनि जारी रहेको छ । बन्दाबन्दीको लामो समयका बीच पनि कर्णाली करिडोरको सडकको कामले निरन्तरता पाउँदै आएको छ ।

स्थानीय कामदार र नेपाली सेनाका २०६ जना गरी ५५६ जना कामदारले हुम्ला खण्डको अदानचुली गाउँपालिकाको गल्फागार्डदेखि सलिसल्लासम्म काम तीव्र रूपमा गरिरहेका छन् । खुलालु, लैफु, कवाडी हुँदै सलिसल्ला सडक निर्माण आयोजनाका योजना प्रमुख मिलन कार्कीका अनुसार करिडोरमा कामदारले पुल निर्माण गर्नेदेखि भीर फुटाउने, विस्फोटन गर्ने र ग्याबिन भर्ने काम भइरहेको छ ।

हाल नेपाली सेनाले निर्माण कार्य अगाडि बढाएको खण्डमा नयाँ कामदार नलिएर बन्दाबन्दी अगाडि काममा प्रयोग हुँदै आएका कामदारलाई नै सामाजिक दूरी कायम गरेर सुरक्षासहितको विधि अपनाएर काम भइरहेको छ । प्राथमिक उपचार विधि, औषधि र कामदारको बिमासमेत गरिएको छ । सर्केगार्ड गाउँपालिकाको तुम्चदेखि सलिसल्ला खण्डको सबै भागमा कामदार खटाएर सडक निर्माण गर्ने काम भइरहेकाले असार मसान्तसम्म प्रारम्भिक ट्रयाक खोल्ने कार्य सम्पन्न गर्ने लक्ष्य नेपाली सेनाको रहेको छ । गोरखापत्रबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*