हेटौंडामा बन्द कोठामा महिलाको शव भेटियो

जनपत्र
२ असार २०७७, मंगलवार २०:२१

मकवानपुर — हेटौंडामा मंगलबार बिहान मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । हेटौंडा–४ कर्रास्थित सुर्चचोक नजिकै अन्दाजी २३ वर्षीया सुस्मित थापाको शव मृत अवस्थामा फेला परेको हो ।

बन्द कोठामा थापाको शव फेला परेको र घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । ‘आत्महत्या हो वा हत्या हो भन्नेबारे अनुसन्धन भइरहेको छ । महिलाका माइती पक्षलाई हामीले बोलाएका छौं । उहाँहरु कपिलवस्तुबाट आउँदै हुनुहुन्छ । महिलाको शव बन्द कोठाभित्र भएका कारण हामीले ढोका खोलेका छैनौं ।’ डीएसपी रानाले बताए ।

उनका अनुसार घटनास्थलमा रगत पनि देखिएको छ । ‘प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिलाका पतिको करिब छ महिना अगाडि सडक दुर्घटनामा ज्यान गुमेको पाइएको छ ।’, उनले भने । इकान्तिपुरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*