मकवानपुरको भीमफेदी कारागारको सुरक्षामा सेना, ससस्त्र प्रहरीको बिदाई

जनपत्र
२ असार २०७७, मंगलवार १०:०५

हेटौँडा । मकवानपुरको भीमफेदी कारागारको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको छ । त्यहा सुरक्षामा खटिएका ससस्त्र प्रहरीलाई कोरोना भाइरसको रोकथाममा लगाउने भएपछी आजबाट भने कारागारको सुरक्षामा नेपाली सेनालाई खटाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले वताउनुभयो ।

कारागारको सुरक्षा गर्नका लागि सुरक्षा समितिको बैठकले निर्णय गरेर सेनालाई जिम्मा दिइएको उहाँले बताउनुभयो । असार १ गतेबाट मकवानपुरको भिमफेदीमा रहेको भिमफेदी कारागारको सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । कोरोनाका कारण सशस्त्र प्रहरीलाई सिमा सुरक्षको जिम्मा दिएपछि कारागारको सुरक्षाको जिम्मा सरकारले नेपाली सेनालाई दिएको थियो ।

यसअघि डिएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको ६० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको थियो हिजो सोमबार नेपाली सेनाका मेजरको नेतृत्वमा ५० जनाको टोलि कारागार सुरक्षार्थ खटिएको भिमफेदी कारागारका प्रमुख जेलर प्रकाश खनालले बताउनुभयो ।

पर्सा, सुनसरीको झुम्का, मकवानपुरको भिमफेदी सहित देशभरका १० कारागारको सुरक्षाको जिम्मा सेनालाई दिएको खनालले थियो । कारागारको सुरक्षाकालागि कारागार आएका मेजरको टोलि र विदाई भएका सशस्त्र प्रहरीको टोलिलाई भिमफेदी कारागारका प्रमुख जेलर खनालले स्वागत तथा विदाई गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*