बागमती प्रदेशका स्थानीय तहहरुलाई कुल ७ अर्ब २४ करोड हस्तान्तरण हुने

प्रदेशका ११० स्थानीय तहका ३०७ वटा योजानका लागि २ अर्ब ६३ करोड बजेट छुट्याइएको छ ।
जनपत्र
२ असार २०७७, मंगलवार ०८:२४

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेशका एक सय १९ वटै स्थानीय तहमागरी कुल ७ अर्ब २४ करोड हस्तान्तरण गर्नेगरी बजेट ल्याएको छ । बिभीन्न शिर्षकमा ७ अर्ब रुपैयाँ भन्दा वढी रकम स्थानीय तहमा पठाउन लागिएको हो ।

बागमती प्रदेश सरकारले स्थानीय तहमा सञ्चालन हुने योजना निर्माणलाई पनि प्राथमिकता दिएको छ । प्रदेश समपूरक अनुदान सम्बन्धी कार्यविधि बमोजिम स्थानीय तहहरूबाट तयारीको चरण पूरा गरी माग भइआएका आयोजनाहरुलाई समपूरक अनुदान उपलब्ध गराउन ११० स्थानीय तहका ३०७ वटा योजना तथा कार्यक्रमहरुलाई २ अर्ब ६३ करोड व्यवस्था गरिएको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि प्रस्तुत गरेको वजेटमा स्थानीइ तहलाई प्राथमिकताका साथ वजेट विनीयोजन गरेकोे हो ।

स्थानीय तहहरूले आफूले पहिचान गरी तयारीको चरण पूरा गरेका योजनाहरु आगामी आर्थिक वर्षभित्रै सम्पन्न हुने विश्वास प्रदेश सरकारले लिएको छ । प्रदेश भित्रका स्थानीय तहको सामाजिक उत्थान लगायत विशिष्ट प्रकृतिका कार्य गर्नका लागि प्रदेश विशेष अनुदान सम्बन्धी कार्यविधि, अनुरुप विशेष अनुदान उपलब्ध गराउन ७५ स्थानीय तहमा प्रति स्थानीय तह एक–एक योजना गरी कुल ७५ वटा योजनाहरुलाई २९ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको मन्त्री ढुंगेलले वताउनुभयो ।

शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमका लागि १ अर्ब १३ करोड

स्थानीय तहमा हस्तान्तरण हुने शिक्षा तथा स्वास्थ्यतर्फका कार्यक्रमका लागि १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीतर्फका कार्यक्रमहरुको लागि २८ करोड ४२ लाख, भौतिक पूर्वाधार विकासतर्फ ४ करोड लगायत गरी कुल ३ अर्ब ६ करोड रकम सशर्त अनुदानको लागि विनियोजन गरिएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणतर्फ प्रदेश भित्रका स्थानीय तहहरुलाई कुल ७ अर्ब २४ करोड हस्तान्तरण हुने व्यवस्था गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा निर्धारित सूत्र अनुसार प्रत्येक स्थानीय तहलाई उपलब्ध हुने गरी सवारी साधन कर बाँडफाँटतर्फ कूल ३ अर्ब ६७ करोड राजस्व बाँडफाँट हुने अनुमान गरिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*