बागमती प्रदेश सरकारको स्वास्थ्यमा नयाँ कार्यक्रमः प्रदेशका १३ जिल्लामै डाइलासिस सेवा

क्यान्सर पिडीतलाई नेपाल सरकारले दिदैं अएको १ लाख रुपैयाँ सहायतामा प्रदेश सरकारले ५० हजार थप गर्ने घोषणा ।
जनपत्र
२ असार २०७७, मंगलवार ०६:४१

हेटौंडा । कोरोना भाइरस (कोभिड –१९) को रोकथाम, नियंत्रण र उपचारको तथा गुणस्तरीय स्वस्थ्य सेवामा प्रदेश सरकारले जोड दिने भएको छ । यो संगै प्रदेश सरकारले १३ वटै जिल्लामा डाइलासिस सेवा सञ्चालन गर्ने गी बजेट समेत ल्याएको छ ।

आम नागरिकको पहुच पुर्याऊन हाल प्रदेश अस्पताल नभएका जिल्लाहरु मध्ये दोलखाको चरिकोट, काभ्रेको मथिनकोट, ललीतपुरको बज्र बाराही र चितवनको रत्ननगर अस्पताललाई प्रदेश अस्पतालमा स्तरोन्नति गरि सबै जिल्लाका अस्पतालको सेवा बिस्तार गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।

प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय अन्तरगत क्यान्सर पिडीतलाई नेपाल सरकारले दिदैं अएको १ लाख रुपैयाँ सहायतामा ५० हजार रुपैयाँ थप गर्ने घोषणा समेत गरेको छ । सबै जिल्लामा डाइलासिस सेवा सन्चालन गर्ने गरी बजेट ल्याएको छ । बागमती प्रदेशका सबै ६६ निर्वाचन क्षेत्रमानै स्वास्थ्य सेवा उपलब्ध गराऊन स्थानीय तहका थप २१ ओटा स्वास्थ्य सस्थाबाट अस्पताल सेवा संचालन गर्ने मन्त्री ढुंगेलले वताउनुभयो ।

आमा बुवा दुवै नभएका अनाथ बालबालिकालाई माशिक २ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिने नयाँ कार्यक्रम समेत समेटिएको छ । यो कार्यक्रम सातै प्रदेश मध्यमा नयाँ कार्यक्रम समेत हो । यसैगरी ३५९ ओटा माध्यामिक बिध्यालयमा नर्स सेवा सञ्चालन गर्नेगरी बजेट ल्याइएको छ ।

प्रदेशको चर्चित कार्यक्रम मध्यमा यो कार्यक्रम पनि एक हो । यस कार्यक्रमलाई चालु आर्थिक वर्षमा भन्दा थप बिद्यालयमा विस्तार गर्न लागिएको हो । प्रदेश बिस्वबिध्यालय र स्वाथ्य बिज्ञान प्रतिस्ठान सन्चालन गर्ने गरी बजेट ल्याएको छ । पाचवटा आवसीय बिध्यालय सन्चालन गर्ने मन्त्री ढुंगेलले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*