बागमती प्रदेश सभामा बजेट प्रस्तुत गर्न सुरु, चालु आर्थिक वर्षमा भन्दा आउँदो आर्थिक वर्षको बजेट बढ्यो
हेटौंडा । बागमथती प्रदेश सभामा आउँदो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्न सुरु गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले बजेट प्रस्तुत गर्न सुरु गर्नुभएको हो ।
संघीय सरकार र अरु प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट घटेपनि बागमती प्रदेश सरकारको भने चालु आर्थिक वर्ष भन्दा आउँदो आर्थिक वर्षको बजेट केही वढेको वताइएको छ । प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कृषि र स्वास्थ्यलाई वढी प्राथमिकता दिइएको छ । रोजगारीका लागि पनि प्राथमिकता दिइएको छ ।