नेपालीको उद्दारमा अब विदेशी विमान

जनपत्र
१ असार २०७७, सोमबार ०६:२३

सरकारले विदेशी विमान कम्पनीलाई पनि विदेशमा अलपत्र नेपाली उद्दार अनुमति दिने भएको छ । सरकारको यस्तो तयारीसँगै विदेशबाट फिर्ता ल्याउने नेपाली नागरिकको उडान उद्दार तालिका तथा भाडादरमा पुनरावलोकन हुने भएको छ ।
कहाँबाट कसरी सहज, सुलभ र मितव्ययी ढंगबाट उद्दार गर्न सकिन्छ भनेर सरकारले यस्तो निर्णय गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बताए । उनले भने, “अब नेपालबाट पनि र विदेशबाट पनि सम्बन्धित देशका विमान कम्पनीले हाम्रो दूतावासँगको सहजीकरणमा उद्दार गर्न पाउने व्यवस्था गर्दैछौं । तर, त्यसको लागि नेपाल सरकारले तोकेको शर्त भने पूरा गर्नुपर्ने छ ।”
मन्त्री भट्टराईका अनुसार विमान कम्पनीले दूतावाससँग भाडादरसहितको उडान तालिका परराष्ट्र मन्त्रालय हुँदै नियमनकारी निकायले अनुगमन र अध्ययन गरेर अनुमति दिइनेछ । कम्पनीले उडान गर्न प्रस्ताव गरेको भाडादर उचित लागेमा उडान अनुमति दिइने उल्लेख छ ।
यसरी हुने उडानबाट जहाज कम्पनीले आफूखुसी यात्रु ओसार्न भने पाउने छै्रनन् । दूतावासको प्राथमिकतामा परेकाको सूचीबाट तत्काल उद्दार गर्नुपर्ने जनाइएकोे छ । भाडा दर र यात्रु सूचीसहित परराष्ट्र मन्त्रालयमार्फत सीसीएमसीले अनुमोदन गरेपछि सीसीएमसीले उक्त सूची सिफारिस गरि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने छ । उडान अनुमति पाउने कार्यविधि तयार गरी उद्दारको रणनीति परिर्वतन गर्न लागिएको मन्त्री भट्टराईको भनाई छ । प्रस्तावित भाडादर उचित रहे नरहेको मन्त्रालय र नियमनकारी निकाय नेपाल उड्डयन प्राधिकरणको टिमले हेरेर उचित लागेमा उडान अनुमति सिफारिस दिने छ । ति विमानले नेपालमा चार्टर उडान भर्ने छन् । मन्त्री भट्टराईले भने, “यसले गर्दा नियमन, कार्यान्वयन र उद्दार प्रभावकारी हुनेमात्र नभएर भाडादर पनि कम पर्ने छ ।” साथै ती विमानले नेपालबाट पनि सम्बन्धित देशको अनुमतिमा यात्रु लिएर जाने पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*