पर्वत पहिरो : दुई परिवारका आठ जनाको ज्यान गयो, एक अझै बेपत्ता
पर्वत – पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङको ढकालबारीमा शनिबार राति गएको पहिरोले दुई घर पुरिँदा आठ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
पहिरोले ६२ वर्षीय तुलबहादुर थापासहित उहाँकी ५८ वर्षीया श्रीमती मिनकुमारी थापा, छोरी दिर्पा थापा, नाती–नातिनीहरु विवेक थापा, सम्राट थापा र विदिशा थापाले एउटै पहिरोमा पुरिएर ज्यान गुमाएका छन् ।
१५ वर्षीय छोरा विवेक थापाको एसईई परीक्षा अनिश्चित भएपछि माइती घर बस्न आउनुभएकी बाग्लुङ जिल्ला जैमिनी नगरपालिका पैञ्यु थन्थापकी ३४ वर्षीया दिर्पा थापा छोरा र बाबुआमासँगै पहिरोमा पुरिएकी हुन् ।
त्यस्तै कमला विकसहित उहाँकी आठ वर्षीया छोरी जेनिशा विकको ज्यान गएको छ भने छोरा १२ वर्षीय जेनिश विक अझै बेपत्ता छन् ।
वाग्लुङ घर भइ लामो समयदेखि कुश्मा बजारमा छोरा विवेकलाई पढाएर बस्दै आएनुभएकी दिर्पा लकडाउन सुुरु भएसँगै माइती गाउँ दुर्लुङ जानुभएकाे थियाे । आफू माइतीघर गएर छोरा विवेकलाई बाग्लुङ घर पठाउनुभएकी दिर्पाले एक हप्ताअघि मात्रै छोराको न्यास्रो लागेको भन्दै फेरि सवारी पास बनाएर छोरालाई माइती घरमा नै बोलाउनुभएकाे थियाे ।