कुश्मामा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो

जनपत्र
३२ जेष्ठ २०७७, आईतवार ०७:५५

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । आइतबार बिहान थप दुई जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या ५ पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक बुद्धि सुवेदीले थप दुई जनाको शव भेटिएको अनलाइनखबरलाई बताए । यसअघि तुलबहादुर थापा, मिनकुमारी थापा र विविशा थापाको शव भेटिएको थियो । घटनामा अझै चार जना बेपत्ता छन् । खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित भएको छ ।

पहिरो गएको क्षेत्रमा शनिबार भारी वर्षा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*