नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या १८ जना पुग्यो
कोरोनासंक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नुसार पर्साका २५ वर्षीय पुरुष र निजगढ, बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सख्या १८ जना पुगेको छ ।
पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो । नारायण अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो र त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ ।
यस्तै बारा, निजगढका ५ वर्षीय बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुबै टेष्ट पोजेटिभ आएको छ ।
मन्त्रालयकाअनुसार नेपालमा कुल संक्रमितको सख्ंया ५३३५ पुगेको छ । उनीहरुमध्ये १८ जनाको मृत्यु भएको छ भने ९१३ जना डिस्चार्ज भएका छन् ।