राष्ट्रिय मुद्दामा एक भयौँ, सरकारलाई कांग्रेसको साथ छ : सभापति देउवा

काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुगौली सन्धि अनुसार काली नदी पूर्वको भाग नेपालकै भएकाेले नक्सामा अटाएको बताउनुभएको छ ।
यो राष्ट्रिय मुद्दा भएकाेले आफ्नो दलकाे पूर्णरुपमा समर्थन गरेको सभापति देउवाले बताउनुभयो । यसमा सबै पार्टीको समर्थन देखिएकोले राष्ट्रिय मुद्दामा नेपाल एकजुट हुन्छ भन्ने सन्देश फेरि फैलिएको उहाँकाे भनाइ छ ।
उहाँले यो निर्णयको लागि सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले अब कुटनीतिक वार्ताको लागि पनि नेपाली कांग्रेसको तर्फबाट समर्थन रहने बताउनुभयो ।