हेटौंडा ७ मा २९ लाख लागतमा स्लाब ढलान सुरु

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार १७:३९

हेटौंडा । हेटौंडा ७ नागस्वतीमा स्लाव ढलान निर्माणको काम सुरु भएको छ । स्लाब ढलानको हेटौंडा उपमहानगपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो । कुल २९ लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको स्लाव ढलानको काम केही दिनमै सक्ने तयारी गरिएको छ ।

सडक फराकिलो पार्ने काम संगै पक्की निर्माण गर्ने अभियानलाई पनि तिव्रता दिइएको मेयर महतले वताउनुभयो । हेटौंडा ७ नागस्वतीमा निर्माणाधिन कवर्डहलको मेयर महतले अवलोकन गर्नुभएको छ । उपमहानगरपालिकाको ५० लाख रुपैयाँ सहयोगमा निर्माण भएको कवर्डहलको अवलोकन गर्नुभएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*