बागमती प्रदेशको आर्थिक मन्त्रालयलाईं बजेटको चटारो, कृषि र रोजगारीलाई प्राथमिकता

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार ०८:३९

हेटौंडा । असार १ गते बजेट प्रस्तुत गर्नका लागि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई हिजो आज निकै चटारो परेको छ । मन्त्री देखि कर्मचारी सम्म दिनरात नभनीकन बजेटको तयारीमा लागेका छन् । प्रदेशका सवै मन्त्रालयलाई पठाइएको बजेटको शिलीङबाट योजना छनौट गरेर पठाइ सकिएको छ । अव मन्त्रालयले त्यसलाई शिलशिलेवार वनाउँदै छ ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च खासै गर्न नसकेको प्रदेश सरकारले आउँदो आर्थिक वर्षमा कती रकमको वजेट ल्याउने भन्नेमा समस्या सृजना भएको छ । अहिले दिनरात नभनीकन बजेट वनाउने तयारीमा लागिएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले वताउनुभयो । बिहान, वेलुवा, दिउसो जुनसुकै समयमा पनि बजेटका लागि लागिएको उहाँले वताउनुभयो । चालु आर्थिक वर्षमा खर्च नभएको बजेट समेत आउँदो आर्थिक वर्षमा गाभिने भएकाले गतवर्ष प्रस्तुत भएको बजेट भन्दा रकम खासै नघट्ने वताइएको छ ।

वागमती प्रदेशले भने यसपाली कृषि क्षेत्रलाई उकास्ने विशेष नीति बजेटमा अघि सार्ने तयारी गरेको छ । परम्परागत भन्दा केहि फरक तरिकाले गृहकार्य भइरहेको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो । ढुंगेलका अनुसार यसपालीको बजेटले बैंकिङ कारोबारलाई प्रवद्र्धन गर्नेछ । पारदर्शी आर्थिक कारोबारका लागि बैंकिङ कारोबारलाई बढवा दिने प्रदेश सरकारको तयारी छ ।

कृषिकमा जाने अनुदानलाई प्रभावकारी बनाउनका लागि पनि बैंकिङ कारोबार अनिवार्य गर्न लागिएको मन्त्री ढुंगेलले बताउनुभयो । प्रदेशमा रोजगारी सृजना गर्नेगरी बजेटलाई प्राथमिकता दिइएको उहाँले वताउनुभयो । बिदेशबाट फर्कने र यही काम गर्ने युवालाई प्राथमिकतामा राखेर काम गर्न लागिएको प्रदेश सरकारको तयारी छ ।

कृषिकहरुलाई अति सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र ऋणको सहि सदुपयोग गराउन बजेटले जोड दिने योजना छ । ‘कृषि उत्पादनमा जोड दिनुपर्नेछ, सहुलियत व्याजमा ऋण दिने, अनुदानहरु पनि किसानलाई बैंक खातामार्फत पुर्याउनु पर्नेछ,’ उनले भन्नुभयो ।
बजेटले रोजगारी, कृषि, पशुपालन, कुटिर उद्योग, वनहरुलाई प्राथमिकतामा राख्ने मन्त्री ढुंगेलले बतानुभयो । मौलिक परम्परामा आधारित वस्तुहरुको प्रवद्र्धनमा पनि बजेटले ध्यान दिने छ ।

‘हामी बाहिरबाट कच्चा पदार्थ ल्याएर बन्ने वस्तु होइन, आन्तरिक उत्पादनलाई प्राथमिकतामा राख्छौं, स्वास्थ्य क्षेत्र त यसै पनि प्राथमिकतामा पर्ने नै भयो’ मन्त्री ढुंगेलले भन्नुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*