विश्वभर ७४ लाख ८७ हजार कोरोना संक्रमित, अमेरिकामा मात्रै २० लाख नाघे
विश्वभर ७४ लाख ८७ हजार ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्पिन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक २० लाख २१ हजार ९ सय ९० जनामा संक्रमण पुष्टि भएको छ।
त्यस्तै, ब्राजिलमा ८ लाख २ हजार ८ सय २८, रुसमा ५ लाख १ हजार ८ सय, बेलायतमा २ लाख ९२ हजार ८ सय ६० जनामा संक्रमण पुष्टि भएको छ। विश्वभर ४ लाख २० हजार २ सय ३६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक १ लाख १३ हजार ७ सय ७४ जनाको मृत्यु भएको छ। त्यस्तै, बेलायतमा ४१ हजार ३ सय ६४, ब्राजिलमा ४० हजार ९ सय १९, इटालीमा ३४ हजार १ सय ६७ जनाको मृत्यु भएको छ।
विश्वभर ३५ लाख २३ हजार ३ सय ८६ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा सर्वाधिक ५ लाख ३८ हजार ६ सय ४५ छ। त्यस्तै, ब्राजिलमा ४ लाख २६ हजार ३ सय १०, रुसमा २ लाख ६० हजार ६ सय ४९, इटालीमा १ लाख ७१ हजार ३ सय ३८ संक्रमणमुक्त भएका छन्।
नेपालमा पनि ४ हजार ६ सय १४ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १५ जनाको मृत्यु भएको छ भने ८ सय ६१ जना संक्रमणमुक्त भएका छन्।