आज दिनभर कहाँको मौसम कस्तो?

जनपत्र
३० जेष्ठ २०७७, शुक्रबार ०६:३५

देशभर प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् ।

शुक्रबार राति देशभर सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावना रहेको मौसमविदले उल्लेख गरेका छन् ।

हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु ,पश्चिमको भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र साथै पूर्व–पश्चिम बनेको न्युन चापीय रेखा र बंगालको खाडीमा रहेको निम्न चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*