सरकारले भन्यो : घरबाहिर जाँदा मास्क लगाऔं
काठमाडौं । सरकारले घरबाहिर जाँदा मास्कको प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भिडभाडमा जाँदा, घरबाहिर निस्कदा, सार्वजनिक स्थलमा जाँदा र सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क प्रयोग गर्न अनुरोध गरेका छन् ।






