पत्रकारलाई गरिएको दुर्व्यवहारदुर्व्यवहारको महासंघ मकवानपुरको ध्यानाकर्षण

हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर साखाका साधारण सदस्य तथा तु खवर डट कमका समाचार प्रमुख वलराम पुणासैनीलाइृ दुर्व्यवहार गर्नेलाई कानून वमोजिम कार्बाही गर्नका लागि माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर साखाका सचिव गणेश दर्पण अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै पुणासैनीलाई दुर्व्यवहार गर्ने हेटौंडा ९ का रमेश गेलाललाई कार्बाही गर्न माग गरिएको हो । समाचार संकलनका क्रममा गरिएको दुर्व्यवहारको महासंघले ध्यानाकर्षण भएको जनाएको छ । पुडासैनीमाथि अभद्र व्यवहार गर्ने गेलाललाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार हेटौँडा बजारमा युरिया मल नपाएको अवस्थामा मल लिन लाईन लागेका किसानको समाचार संकलनको क्रममा पुडासैनीलाई अभद्र व्यवहार गरेको आरोपमा हेटौंडा ९ का रमेश गेलाललाई जिल्ला प्रहरी कार्यलय मकवानपुरले नियन्त्रणमा लिएर कार्बाही प्रकृया सुरु गरेको हो ।