यूएईमा रहेको नेपाली दूतावास भन्छ : यूएईबाट उद्धार गर्नुपर्ने नेपाली १७ हजारभन्दा धेरै छन्

जनपत्र
२८ जेष्ठ २०७७, बुधबार ०७:२७

काठमाण्डौ – यूएईबाट उद्धार गरेर ल्याउने नेपालीको सङ्ख्या जम्मा ४१० मात्र नभएको यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यूएईबाट स्वदेश फर्काउनुपर्ने नेपालीको सङ्ख्या १७ हजार ३ सय ७५ रहेको र ४१० चाहिँ पहिलो दुई उडानका लागि तय गरिएको सूची भएको दूतावासले स्पष्ट परेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीलाई उपलब्ध गराएको सूचीमा यूएईबाट उद्धार गर्नुपर्ने नेपालीको सङ्ख्या ४१० उल्लेख गरिएको थियो । तर यो सङ्ख्या दुई उडानका लागि तय भएको सूची भए पनि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्चालमा यूएईबाट उद्धार गरिने नेपालीको सङ्ख्याबारे टिकाटिप्पणी भएपछि दूतावासले स्पष्ट पारेको हो ।

दूतावासले यूएईमा समस्यामा पर्ने नेपालीको अनलाइन माध्यमबाट विवरण सङ्कलन गरिरहेको छ । यो क्रम अहिले पनि जारी रहेकाले फर्कन सक्ने नेपालीको सङ्ख्या पनि बढ्न सक्ने दूतावासको अनुमान छ । गएको शुक्रबार १६८ नेपाली र एक शव नेपाल ल्याइएको छ । बुधबार यूएईबाट उडान हुने भनिए पनि अन्तिम सीसीएमसीले प्राविधिक कुरा नमिलेको भन्दै यूएईबाट हुने उडान रद्द गरेको छ ।

पहिलो चरणमा ३० देशका २४ हजार १४८ नेपलाीको उद्धार गर्नुपर्ने विवरण विभिन्न देशमा रहेका नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई उपलब्ध गराएका छन् । त्यसअनुसार बुधबार कुवेतमा आममाफी पाएका तीन सय नेपाली महिला स्वदेश फर्किने भएका छन् भने असार १ गते ओमानबाट पनि समस्यामा परेका नेपालीलाई लिएर सलाम एअर आउने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*