लकडाउन सुरु भएयता काठमाडौंमा दैनिक १ जनाले गर्छन् आत्महत्या
कोरोना महामारी नियन्त्रणका लागि सरकारले देशभर लकडाउन लागू गरेयता देशभर आत्यमहत्या गर्ने क्रम बढेको छ। नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउन सुरु भएको चैत ११ देखि जे७ १७ सम्म देशभर १ हजार १ सय ५ जनाले आत्महत्या गरेका छन्।
तीमध्ये काठमाडौं उपत्यकामा लकडाउन सुरु भएयताको ६९ दिनमा ६९ जनाले नै आत्महत्या गरेको तथ्यांक छ। यस हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा औसतमा दैनिक १ जनाले आत्महत्या गरेको देखिएको हो। यस अवधिमा काठमाडौं उपत्यकासहित वागमती प्रदेशभर भने २ सय ३१ जनाले आत्महत्या गरेका छन् ।






