मकवानपुरका किसान मलको माग गर्दै हेटौंडाको सडकमा धर्नामा
हेटौंडा । मकवानपुरका किसानले आफ्ना खेतबारीका मकैमा मल हाल्का लागि वजामा खरिद गर्न नपाएपछी हेटौंडाको मेनरोडमा धर्ना दिएका छन् । किसानले स्वतस्फुर्त रुपमा सडकमा धर्नामा वसेका हुन् । बारी र खेतमा फलेका मकैमा मल हाल्न नपाएपछी किसान आन्दोलनमा उत्रीएका हुन् । यता हेटौंडाका मल व्यावसायीहरुले भने मकैमा हाल्ने मलको कालो वजारी गरिरहेका छन् ।
मल नपाएको भन्दै आक्रोशित किसानहरुले हेटौंडामा सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका छन् । सोमबार मल लिन हेटौंडा बजारको मल बिक्री केन्द्रमा आएका किसानले मल नपाएपछि हेटौंडा बजारको बुद्धचोकमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन तथा नाराबाजी गरेका हुन् । उनीहरुले नाराबाजी गर्दै तत्काल पर्याप्त मल उपलब्ध गराउन मागसमेत गरेका छन् । किसानले सडकमै प्रदर्शन गरेपछि प्रहरीले किसानलाई सडकबाट हटाएका थिए । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सहुलियत अनुदानको युरिया मल सहकारीमार्फत् किसानलाई बिक्री गर्दै आएको छ ।
सहकारी संस्थाले भने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले नै कम मल उपलब्ध गराएका कारण कृषकको आवश्यकताअनुसार मल वितरण गर्न नसकेको जनाएको छ । अहिले मकै बालीमा मल हाल्ने समय हो ।
मल छैन भन्ने र वढी मुल्यमा वेच्दै आएको किसानको गुनासो छ । मकवानपुरमा युरिया मलको अभाव भएको छ । मकैमा मल हाल्ने समयमै अभाव भएपछि कृषक समस्यामा परेका छन्।् कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीहरुले बताउँदै आएका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ निवासी ब्रबिम बर्तौलाले पटक–पटक हेटौँडाका कृषि सहकारीमा मल पाइने आशले मल किन्न लाइन बसेपनि हालसम्म मल पाउन नसकेको गुनासो गरेका छन् ।
मकवानपुरका विभिन्न स्थानीय तहका कृषकहरु आज विहानै हेटौँडा बजारका कृषि सहकारीहरुमा मल पाइने आशले लाइन बसेका थिए । तर उनीहरुले मल भने पाएनन् । मकैमा मल हाल्न नपाएपछि यस वर्ष उत्पादन घट्ने चिन्ता कृषकहरुको छ । मल बिक्री वितरण गर्दै आएका हुप्रचौर कृषि सहकारी संस्थाका संचालक सुजल श्रेष्ठ मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको बताउँछन् ।
किसानको मागअनुसार मल नआएकोले कृषकहरूलाई मल दिन नसकेको उनको भनाई छ । मल नपाएर आक्रोशित भएका कृषकहरु हेटौँडा उपमहानगरपालिकामा डेलिगेशनमा पुगे । हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामालाई मल नहाल्दा मरेको मकै समेत बुझाएका छन् । उपमहानगरपालिकामा नेतृत्वमा कृषि सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोली छलफल समेत गरे । छलफल पछि भोलिसम्म ३ सय २० बोरा मल झिकाइने उपमेयर मिना लामाले आश्वासन दिनुभएको छ ।






