‘भारतको गुजरातमा मजदुरी गरेर घर फर्कने क्रममा जेठ १० गते बाटोमै भूमिकास्थान नगरपालिका–९ चरेपानीका एक युवकको मृत्यु भएको थियो । म पनि उनको शव व्यवस्थापनमा खटिएको थिएँ,’ उनले भने, ‘मृतक युवक आएकै बसमा सन्धिखर्कका अन्य स्थानीयहरू पनि आएका थिए । गुजरातबाट दुई वटा बसमा सँगसँगै आएका गाउँलेलाई क्वारेन्टिनमा राख्ने व्यवस्थापनमा पनि म सक्रिय थिएँ । त्यही क्रममा आफू पनि संक्रमित भएँ कि जस्तो अहिले लाग्छ ।’
उपप्रमुखसहित सन्धिखर्क नगरपालिकाका सोमबार २९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, शीतगंगा नगरपालिका र पाणिनी गाउँपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजय पौडेलले जानकारी दिए।