चितवन र मकवानपुरका ल्याब प्राबिधिकहरुलाई कोरोना भाइरससम्बन्धी तालिम

जनपत्र
२६ जेष्ठ २०७७, सोमबार ०८:४९

हेटौंडा । चितवन र मकवानपुरका ल्याब प्राबिधिकहरुलाई कोभिड १९ (कोरोना भाइरस)सम्बन्धी एकदिने तालिम तथा अभिमुखिकरण हेटौंडामा भएको छ । मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल(मेलान) केन्द्रीय समिति, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र वागमती प्रदेश प्रयोगशालाको संयुक्त आयोजनामा आईतबार कार्यक्रम भएको हो ।

कार्यक्रममा मेलान केन्द्रिय अध्यक्ष राजेन्द्र खड्का, महासचिव रेशम अधिकारी, सचिवालय सदस्य उत्सब चौलागाईं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका कार्यक्रम फोकलपर्सन लेखनाथ भट्टराईको उपस्थितिमा २५ जना प्राविधिकलाई तालिम दिईएको थियो ।

कार्यक्रममा नाकबाट केही सर्वसाधारण, संचारकर्मी, कर्मचारीको स्वाब पनि संकलन गरी परिक्षणका लागि प्रयोगशाला पठाईएको छ । आगामी दिनमा भैपरिआउने समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सातै प्रदेशमा तालिम कार्यक्रम शुरु गरेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*