अमेरिकामा जातीय विभेदविरुद्धको प्रदर्शन जारी, राष्ट्रपति ट्रम्पको चर्को आलोचना

जनपत्र
२६ जेष्ठ २०७७, सोमबार ०७:२८

दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको मृत्य भएपछि जारी हिंसात्मक प्रदर्शनहरु अझै रोकिएका छैनन् । देशव्यापी रुपमा प्रदर्शनहरु जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना भइरहेको छ । पूर्व अमेरिकी विदेशमन्त्री कोलिन पावेलले राष्ट्रपति ट्रम्पले जातीयता विरोधी प्रदर्शनलाई सम्बोधन गरेको कडा आलोचना गरेका छन् ।

उनले राष्ट्रपति ट्रम्प आफैंले दण्डहिनतालाई प्रोत्साहन गरेका र जवाफदेही नभएको आरोपसमेत लगाए । राष्ट्रपति ट्रम्पले संवैधानिक व्यवस्था विपरीत जातीय विभेदलाई प्रोत्साहन गरेको पावेलको आरोप छ । विरोध प्रदर्शन नरोकिए सेनाको प्रयोग गर्ने ट्रम्पको चेतावनीको सर्वत्र आलोचना भएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा अफ्रिकन मुलका अमेरिकी नागरिक जर्ज फ्लोइडलाई घुँडाले घाँटी थिचेर हत्या गरेको आरोप लगाइएको छ ।

जातीयवाद र प्रहरीको क्रुरताविरुद्ध दुई सातादेखि अमेरिका, युरोपलगायत विश्वभर विरोध भइरहेको छ । अमेरिकामा दैनिक हजारौं मानिसले प्रहरीको उक्त कदमको विरोधमा प्रदर्शन गरिरहेका छन् । कतिपय शहरमा प्रदर्शनहरु हिंसात्मक हुँदा लुटपाट, चोरी र आगजनीका घटनाहरु पनि भइरहेको बीबीसीले जनाएको छ । भीड नियन्त्रण गर्न नसक्दा कतिपय राज्यहरुले कफर््यू नै जारी गरेका छन् ।

अमेरिकाको वासिङ्टन पोष्ट पत्रिकाको तथ्यांक विवरणअनुसार सन् २०१९ मा प्रहरीको गोली लागेर एक हजार १४ जनाको मृत्यु भएको थियो । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*