बागमती प्रदेशः दुई मन्त्रालयको वजेट वढ्यो, अरुको घट्यो

जनपत्र
२६ जेष्ठ २०७७, सोमबार ०६:३३

हेटौंडा । कोरोना भाइरस (कोभिड १९) संक्रमण वढेपछी बागमती प्रदेशका दुई मन्त्रालयको वजेट चालु आर्थिक वर्ष भन्दा आउँदो आर्थिक वर्षमा बृद्धी भएको छ । अरु मन्त्रालयको वजेट भने घटाइएको छ । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालय र भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयको वजेटको शिलीङ चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले दिएको भन्दा बृद्धी भएको छ ।

यता अरु मन्त्रालयको वजेट शिलीङ भने चालु आर्थिक वर्ष भन्दा कम दिइएको एक मन्त्रीले जानकारी दिनुभयो । सरकारले असार १ गते वजेट प्रस्तुत गर्ने बजेटका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले आउँदो आर्थिक वर्षमा राजस्व रकम कम संकलन हुने र संघीय सरकारले पनि कम अनुदान दिएका कारण केही मन्त्रालयको वजेट घटाएको हो ।

सामाजिक विकास मन्त्रालयलाई चालु आर्थिक वर्षको वजेट ल्याउँदा साढे ४ अर्व रुपैयाँको वजेट शिलीङ दिएपनि पछी थप गरेर साढे ६ अर्वको वजेट खर्च गर्नका लागि दिइएको थियो । अहिले करिव ६ अर्व रुपमा वजेट खर्च गर्नेगरी शिलिङ दिइएको छ । तर, पछी अझै वजेट थप गर्ने योजना वनाइएको छ । यसैगरी भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयलाई पनिगत वर्ष साढे चार अर्व रुपैयाँको वजेट शिलीङ दिएपनि पछी थप गरेर वजेट दिइएको थियो ।

चालु आर्थिक वर्षमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई कुल चार अर्व रुपैयाँको वजेट शिलिङ दिइएको एक कर्मचारीले वताएका छन् । गत वर्ष झण्डै पाँच अर्व रुपैयाँको वजेट शिलिङ दिइएपनि अहिले भने घटाएर वजेटको शिलीङ दिइएको वताइएको छ । यता आन्तरिक मामिला मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालयको पनि चालु आर्थिक वर्षका लागि वनाइएको वजेट भन्दा कम वजेटको शिलीङ दिइएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*