हेटौंडाका अपाङ्गता भएका परिवारलाई सांसद सिग्देलको सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरका अपाङ्गता भएका परिवारलाई बागती प्रदेशका सांसद मुनु सिग्देलले आज राहत वितरण गर्नुभएको छ । घरमा रहेका सवैजसो सदस्य आखा नदेख्ने भएकाले उनीहरुको परिवारलाई अहिलेको लकडाउनको समयमा खानका लागि समस्य भएकाले सांसद सिग्देलले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको हो । उनीहरुको परिवारका सदस्यहरु शारिरिक रुपमा पनि असक्त छन् ।
रामनगरका परा धिताल, दुर्गा धिताल, यमुना धितालको परिवारलाई खाद्यान्नका सामाग्री सहित अन्य सामाग्री पनि सहयोग गर्नु भएको हो । परिवारका तीनै जना आखा देख्नु हुन्न उनीहरुका लागि थोरै भनेपनि सहयोग पुगोस भन्ने उदेस्यले नेकपा मकवानपुृरका अध्यक्ष समेत रहनु भएका सिग्देलले सहयोग गर्नुभएको हो ।
उहाँले चामल, दाल, तेल खाना पकाउनका लागि ग्यास समेत सहयोग गर्नु भएको छ । यो लकडाउनको अवधिमा सांसद सिग्देलले सुत्केरी, विपन्न, अपाङ्गता भएका समेत गरि २० परिवारलाई सहयोग गरेको वताउनुभयो । जहाँ समस्या पर्छ त्यही स्थानमा खाद्यान्नका सामाग्री पु¥याउने गरेको उहाँले वताउनुभयो । कार्यक्रममा हेटौंडा उपमहानगठरपालिकाका उपमेयर मिना कुमारी लामाको आतिथ्यता रहेको थियो ।