बागमती प्रदेशमा कोरोना संक्रमीत ८३ जना पुगे

जनपत्र
२४ जेष्ठ २०७७, शनिबार ०८:०९

हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ८३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । हिजो मात्र २६ जनामा कोरोना संक्रमणका नयाँ विरामी थपीएका हुन् । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । प्रदेशका बिभीन्न अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस संक्रमण भएको छ ।

३१ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । बागमती प्रदेशमा तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या २ हजार ९ सय १२ जना पुग्दा बागमती प्रदेशमा भने ८३ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको डाक्टर सेढाईले जानकारी दिनुभयो ।

पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*