प्रधानमन्त्री ओलीद्वारा कोभिड–१९ रोकथाम र नियन्त्रणबारे पालिकाहरुसँग छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को रोकथाम र नियन्त्रणका बारेमा पालिकाका संघसङ्गठन तथा पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न पालिकाले भोगेका समस्या, क्वरेन्टीनको निर्माण, स्वास्थ्य सामग्रीको अवस्था, आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटको बारेमा भएको गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा पालिकाले खेलेको भूमिकाको सराहना गर्दै कोभिड–१९ को रोकथाम र नियन्त्रण संघ, प्रदेश र पालिकाले मिलेर गरेमात्र सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्रीले कोभिड–१९ नियन्त्रण गर्नका लागि पालिकाका समस्याका बारेमा सुझावसमेत लिनुभएको थियो ।





