२७८ कोरोना संक्रमित थपिए, संख्या २९१२ पुग्यो, मृत्यु हुनेको संख्या ११

जनपत्र
२३ जेष्ठ २०७७, शुक्रबार १६:३४

काठमाडौं । शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको जानकारी दिनुभयो । यो संगै कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ ।

कर्णालीमा मृत्यु भएको २ दिनपछि १८ वर्षमा युवामा कोरोना पोजेटिभ देखिएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*