हेटौंडाको हर्नामाडीमा मेवाखेती सुरु
हेटौंडा/ हेटौंडा १८ हर्नामाडी ठुलोदमारमा बुधबार (आजबाट) मेवा खेति औपचारिक रुपमा सुरु गरिएको छ । कालिका उद्यमी मेवा पकेट समुहले व्यवसायिक रुपमा शुरुवात गरेको मेवा खेतिको बागमती प्रदेश सांसद मुनु सिग्देलले विरुवा रोपेर उद्घाटन गरेकी थिईन् ।
कार्यक्रममा सिग्देलले युवाहरुलाई कृषिमा वितृष्णा बढेका कारण अरब र साउदीमा काम गर्न जान बाध्य भएको अवस्थामा कृषिलाई पनि उद्योगका एक अङग हो भन्ने बुझाउन यस मेवा खेतिले सन्देश दिने बताईन् । भारतबाट नेपालमा बर्षेनी मेवा कर्यौ संख्यमा भित्रिदै गर्दा यसको लागि बजारको समस्या नहुने उनले बताईन् । उनले किसानलाइ सम्मान र कृषि पेशालाई थप व्यावसायीकरण गर्न जमिन, मल, सिचाई र बजारीकरणमा प्रदेश सरकारले ध्यान दिएको समेत बताईन् ।
त्यस्तै कार्यक्रममा बोल्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामाले यस मेवा खेतिले मकवानपुरमा मात्र नभई नेपाल भरिनै सकारत्मक सन्देश पैदा गर्ने विश्वास व्यक्त गरिन् । मेवाको बजारसहजिकरण गर्नको निमित्त हेटौंडा उपमहानगरपालिकाले समेत सहयोग पुरयाउने बताईन् ।
कालिका उद्यमी मेवा पकेट समुहले अहिले दुई बिघामा मेवा खेतिको सुरुवात गरेको छ । ५० प्रतिशत कृषि ज्ञान केन्द्र चितवनको अनुदान सहित ५० प्रतिशत समुहको लागानि रहेको छ । करिब सात हजार विरुवा रौतहटबाट मगाईएको थियो ।
प्रदेश सांसद सिग्देलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथी हेटौंडा उपमहानगरपालिका उपप्रमुख मिना लामा, हेटौंडा १८ का वडा अध्यक्ष अनिल कुमार बानियाँ, एकिकृत ग्रामीण विकास संस्थाकी अध्यक्ष सिता विष्ट बानियाँ, प्राविधिक तर्फबाट भावुक नेपाल, अमित ढुङगाना, लगायत उपमानगरपालिकाका कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।
यता, समुहका, सचिव कुमार महत, सदस्यहरु, जिवन अधिकारी, अनिल गोपाली, रविन श्रेष्ठ, गणेश महत, दावा लामा लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम समुहकी अध्यक्ष सुशिला घिमीरेको अध्यक्षतामा सम्पन्न भएको थियो ।