हेटौंडाको हुप्रचौरमा दुइ करोड लागतमा सडक र ढल निर्माण सुरु

जनपत्र
२२ जेष्ठ २०७७, बिहीबार ०६:०२

हेटौंडा । हेटौंडा ४ हुप्राचौर वडा समितिको कार्यालय रोडमा ढल, पेटी सहितको सडक निर्माण गर्न सुरु गरिएको छ । यस सडकको हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो ।

दुई करोड रुपैयाँ लागतमा यो सडक फराकिलो पार्ने कामसंगै निर्माण पनि सुरु भएको मेयर महतले वताउनुभयो । हेटौंडाको वजार क्षेत्र र भित्री सडक निर्माणको कामलाई तिब्रता दिइएको छ ।

हुप्राचौर जाने मुल सडकको रुपमा रहेको यस सडकलाई दु्रत गतिमा निर्माण गर्ने तयारी थालिएको छ । शिलान्यास कार्यक्रममा हेटौंडा ४ का वडाअध्यक्ष नविन सिग्देलको बिशेष उपस्थिती रहेको थियो ।

यसैगरी हेटौंडा उपमहानगपालिका वडा नम्बर ४ पृथ्बीपथ कर्रामा ढल निर्माणको काम आजबाट सुरु भएको छ । ढल निर्माणको उपमहानगरपालिकाका मेयर  महतले शिलान्यास गर्नुभयो । कुल ६६ लाख रुपैयाँ लागतमा ढल निर्माणको काम सुरु गरिएको हो । सडकको दुवैतर्फ ढल निर्माणको काम आजबाट सुरु भएको मेयर महतले वताउनुभयो । हेटौंडाका बिभीन्न सडकमा ढल निर्माण गर्ने काम संगै ढल निर्माण, पेटी निर्माणको कामलाई पनि तिव्रता दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*