सुदूरपश्चिममा थप ५ जनामा संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो

जनपत्र
२१ जेष्ठ २०७७, बुधबार १५:४०

कैलाली । सुदूरपश्चिममा थप जनामा कोरोना भचाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र वैतडीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको हो ।

नयाँ थपिएका मध्ये २० र २५ वर्षीय युवक कैलालीको गौरीगंगाका हुन् भने ५१ वर्षीय पुरुष धनगढी उपमहानगरपालिका-५ का हुन् ।

यस्तै डोटीको पूर्वीचौकी-४ का २२ वर्षीय युवक  र वडानम्बर ७ का २५ वर्षीय युवक पनि कोरोना पुष्टि भएको छ ।

नयाँ थपिएका ५ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*