हेटौंडाका व्यावसायीद्वारा लकडाउन उलंघन, प्रशासन रमिते

हेटौंडामा लकडाउन कार्यान्वयन गर्न तातो घाममा ससस्त्र, जनपथ, ट्राफिक प्रहरीलाई खटाईएपनि पास नभएका मोटरसाईकल भन्दा बाहेक केहीगर्न सकेनन् । माथील्लो आदेश भन्दै वजारमा पसल खुलेर भिड वढ्दा प्रहरी रमिते वनेर वसे ।
जनपत्र
२१ जेष्ठ २०७७, बुधबार १०:१३

हेटौंडा । कोरोना संक्रमण (कोभिड १९) को संक्रमण वढ्न नदिन सरकारले गरेको लकडाउनको आज मकवानपुरको हेटौंडामा व्यावसायीहरुले उलंघन गरेका छन् । मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा हेटौंडामा सवैजसो पसल आज बिहान खुलेका छन् । हेटौंडाको मेनरोड, रापतीरोड, स्कुलरोड, कान्तिराजपथ, पारीजातपथ, टिसीएन रोड, वसपार्क लगायतका क्षेत्रका साना होटल देखि रक्सी पसल सम्म खुलेका छन् ।

हेटौंडाका व्यावसायीले सरकारले तोकेका पसल भन्दा बाहेकका सवैजसो पसल खुल्दा मकवानपुर प्रशासन निरीह भएर बस्यो । बजार क्षेत्रमा परिचारलन भएका ससस्त्र प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरी लकडाउनको उलंघन हुँदा रमिते वनेर वसेका थिए । यो तातो घाममा लकडाउन कार्यान्यवन गर्नका लागि सडकमा खटिएका प्रहरी माथील्लो आदेश अनुसार पसल वन्द गर्न मिल्दैन भन्दै थिए । तर, दर्जनौ जनाको भिडमा पसल खुल्दा रमिते वनेका प्रहरी पास विनाका मोटरसाईकल गुढ्न पाइदैन भनेर चेकजाँच गरिरहेका थिए । तर, भिड अत्यावस्यक भन्दा बाहेकका पसलमा थियो ।

मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवाल, केन्द्रीय सदस्य राजकुमार न्यौपाने सहितका व्यावसयाीका नेताहरु पसल खोल्न उर्दी लगाउँदै आज विहान वजारमा हिडेका थिए । तर, लकडाउन कार्यान्वयन गर्न खटिएका प्रहरीले खोलीएका पसल वन्द गाउन सकेनन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको मिलेमहतोमा हेटौंडाका व्यावसायीहरुले लकडाउनको उलंघन गरेका हुन् ।

हेटौंडामा कपडा पसल, भाँडा पसल, मोवाइल पसल, जुत्ता पसल, साना चिया पसल देखि ठुला डिलर समेत आजबाट खुलेका छन् । आजबाट सवैजसो पसल खोलीएको मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले वताउनुभयो । अव होटल, पाटी प्यालेसहरु खोल्न बाँकी रहेको उहाँले वताउनुभयो । उद्योगबाणिज्यसंघको संस्थागत सहमतीका आधारमा हेटौंडाका पसलहरु खेलीएको उहाँले वताउनुभयो ।

व्यावसायीलाई करको ताकेता, भोकभोकै वस्नुपर्ने बाध्यता भएपछी पसलहरु खोलीएको अध्यक्ष कटवालले वताउनुभयो । व्यावसायीका पनि धेरै खालका समस्या भएकाले बाध्यताले मात्र पसल खोलीएको उहाँले वताउनुभयो । कर्मचारीलाई तलव दिनुपर्ने, सरकारले कमा ताकेता गर्ने, पसल खोल्न नपाउने भएकाले आफुहरुले पसल खोलेको उहाँले वताउनुभयो ।

हेटौंडामा संस्थागत रुपमा लकडाउन उलंघन हुँदा प्रमुख जिल्ला अधिकारी निरीह

मकवानपुर उद्योग बाणिज्यसंघको नेतृत्वमा हेटौंडामा लकडाउन उलंघन हुँदा मकवानपुरका प्रमुख जिल्ला असधकारी दिपकराज नेपाल निरीह वन्नुभयो । उहाँले लकडाउन कार्यान्वयन गर्न गएका प्रहरीले काम गरेनन् भनेर उल्टै प्रतिप्रस्न गर्नुभयो । यता सडकमा खटिएका प्रहरी भने होटल, कपडा पसल, भाडा पसल, जुत्ता पसल वन्द गराउन माथिल्लो आदेश छैन भन्दै थिए ।

सरकारले तोकेका भन्दा बाहेकका पसल खोल्न नपाइने प्रजिअ नेपालले वताउनुभयो । हरेक दिनजसो जिल्ला प्रशासन कार्यालय मकवापनुरमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कमाण्ड पोष्टको वैठक वस्ने गरेको छ । यो वैठकमा तीन वटै सुरक्षा निकायका प्रमुख, मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष सहितको वैठक वस्दै आएको छ । बैठकबाट लकडाउन कार्यान्वयन गर्न सधै लागेको जस्तो देखिने आज सवै पसल खुल्दा प्रमुख जिल्ला अधिकारी निरीह वन्दा दुवैको मिलेमहतो भन्ने बुझिएको छ ।

बजारमा भिड, कोरोना संक्रमणको त्रास

हेटौंडाका सवैजसो पसल खुलेसंगै निकै भिड वढेको छ । बजारका सवैजसो पसल खुल्दा भिड वढेको हो । वजामा सवैतिरका नागरिक सामान खरिद गर्नका लागि आउँदा कोरोना संक्रमण छिट्टै वढ्ने त्रास पनि भएको छ । व्यावसायीले लकडाउन उलंघन गर्ने प्रसासनले कार्वाही गर्न नसक्दा भिड वढेसंगै कोरोना संक्रमणको खतरा पनि वढेको हो ।

पसल खोल्ने र वन्द गर्ने विषयमा केहीवेर विवाद तर, व्यापारीले पसल खोलेरै छोडे

हेटौंडा सवै पसल खोल्ने र वन्द गर्ने विषयमा ड्युटीमा खटिएका प्रहरीसंग व्यावसायीको केहीवेर विवाद एपनि व्यापारीले पसल खोलेरै छोडका छन् । आज सवैजसो पसल खोलीएको हो । पसल खोल्दै हिडेका व्यावसायीका नेता र प्रहरी विचमा केही वेर विवाद भएपनि प्रमुख जिल्ला अधिकारीको आदेशपछी पसल वन्द गराउन गएका प्रहरी फिर्ता भएका थिए ।

लकडाउनको समयमा हेटौंडाका व्यवसायी र प्रहरी बिच पसल खोल्ने विषयमा विवाद भएको थियो । सरकारले ब्यवसायीहरुको ब्यवसाय धरापमा पारेको र कुनैपनि विकल्प नदिएको भन्दै आजबाट मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा बजार खुल्ला गर्दै हिडेका ब्यवसायीलाई प्रहरीले अबरोध गरेका थिए ।

बुधबार बिहानै व्यवसाय खुलाउँदै हिँडेका उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका मकवानपुर अध्यक्ष कृष्ण कटुवालसहितको टोलीलाई प्रहरीले लकडाउनको पूर्ण पालना गराउनु भन्ने आदेश भएको भन्दै प्रहरीले व्यवसाय संचालनमा रोकेपछि विवाद चर्कीएको थियो । अध्यक्ष कटुवालसहितको उद्योगी व्यवसायीका नेताहरु पसल व्यवसाय खुलाउँदै थिए भने प्रहरी लकडाउनको पालना गराउन पसल व्यवसाय बन्द गराउँदै थिए। तर, प्रहरीले हार स्वीकार गर्दै सवै पसल खुल्न दियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*