बागमती प्रदेशमा हाल सम्म ५२ जनामा कोरोना संक्रमण
हेटौंडा । बागमती प्रदेशमा हाल सम्म ५२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखा परेको छ । संक्रमित मध्यमा धेरैजसो उपचाररत छन् । प्रदेशका बिभीन्न अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरस संक्रमण भएको छ ।
३० जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । कोरोना संक्रमित एक जना सुत्केरी महिला र ५६ वर्षिय पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमण फैलिएदेखि हाल सम्ममा बागमती प्रदेशमा दुईजनाको मृत्यु भएको हो ।
बागमती प्रदेशका १३ जिल्ला मध्यमा सवै भन्दा वढी काठमाण्डौमा कोरोना संक्रमित भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको सख्या २ हजार ९९ जना पुग्दा बागमती प्रदेशमा भने ४२ जना संक्रमित फेला परेका हुन् । संक्रमित धेरैको आइसोलेसनमा उपचार भइरहेको छ ।
पछील्लो समयमा कोरोना जाँच गर्ने दायरा पनि प्रदेश सरकारले वढाएसंगै कोरोना संक्रमित पनि वढ्दै गएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । बिशेषगरी विदेशबाट फर्कनेहरुबाट कोरोना भाइरस प्रदेशका विभिन्न जिल्लामा सरेको उहाँले वताउनुभयो ।






