हेटौंडामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

जनपत्र
२० जेष्ठ २०७७, मंगलवार १८:५५

हेटौंडा । मकवानपुरकाे हेटौंडास्थित चौघडा सडक खण्डमा ट्रकको ठक्करबाट एक जनाकोे मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौंडा चौघडाका स्थानीय श्याम बलामी रहेका छन् । कान्तिलोक पथ अन्तर्गत हेटौंडा-६ चौघडामा बा २ क ७११० नम्बरको ट्रकले अनटेष्ट स्कुटरलाई ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*