मकवानपुरको भीमफेदी जुरीखेतमा पहिरो, छोटो दुरीको मार्ग अवरुद्ध

हेटौंडा । हेटौंडा–काठमाण्डौं छोटो दुरीको मार्ग अन्तरगतग मकवानपुरको भीमफेदी जुरीखेतमा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सकड अवरुद्ध हुँदा अत्यावस्यक सवारीका साधन, एमुलेन्स, लगायतका सवारी यस सडकबाट चल्न सकेका छैनन् । सडक विहानैबाट अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
मदन भन्डारी मार्गको भिमफेदी गाउपालिकाको जुरिखेतमा पहिरो खसेको छ । पहिरोको कारण सो सडक अहिले अवरुद्व भएको भिमफेदि कुलेखानी सडक बिस्तारको काम गरिरहेको मोतिदान कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर एसके ज्वाला कार्कीले जानकारी दिनुभयो । भिमफेदि गाउपालिकाबाट २ किलोमिटर माथी जुरिखेतमा पहिरो खसेको र आझ साँझ सम्ममा सडक खुलाउन सकिने सम्भावना रहेको उहाँको भनाई छ ।