थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ हजार ७९८ पुग्यो

जनपत्र
१९ जेष्ठ २०७७, सोमबार १६:२२

काठमाण्डाै – नेपालमा साेमबार एकैदिन दुई सय २६ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यो एकैदिन सङ्क्रमित हुनेको सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक हजार सात सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थपिएका सङ्क्रमितमध्ये दुई सय १३ जना पुरुष रहेका छन् भने १३ जना महिला रहेकाे मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो ।

आज एक जा डिस्चार्ज भएसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई सय २२ भएको छ । सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*