हेटौंडाकी महिलामा कोरोना संक्रमण पुष्टि, काठमाण्डौमा उपचार हुँदै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ की ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा भर्ना भएर उपचाररत हेटौंडा उपमहानगरपालिका ४ कि ६१ वर्षकी महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालमा लगिएको छ । पाटन अस्पतालका निर्देशक डाक्बर विष्णु शर्माले कोरोना पुष्टि भएकी महिलालाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको जानकारी दिनुभयो । अनलाईन खवरबाट साभार ।






