हेटौंडाको प्रयोगशालामा १७६४ जनाको कोरोना परिक्षण, ४२ जनाको पोजेटिभ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा सञ्चालन गरिएको कोरोना भाइरस (कोभिड १९) को ल्यावमा हाल सम्म १ हजार ७ सय ६४ जनाको कोरोना परिक्षण गरिएको छ ।
हाल सम्म कोरोना परिक्षण गरिएका मध्यमा कुल ४२ जनाका कोरोना संक्रमण देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुसोत्तम सेडाईले जानकारी दिनुभयो । संक्रमितहरु अधिकांश तराइको बारा, पर्षा र रौतहटका छन् ।
कोरोनाको माहामारी सुरु भएदेखि हाल सम्म हेटौंडाको बागमती प्रादेशीक ल्यावमा १७ सय जना भन्दा वढीको कोरोना जाँच गरिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर सेडाईले जानकारी दिनुभयो । यहाँको ल्यावमा कोरोना जाँच गराउनेको धेरै चाप वढेको छ । तर, जाँच भने दु्रत गतिमा हुन सकेको छैन ।
प्रयोगशालामा पर्याप्त जनसक्तिको अभाव, पर्याप्त किट नहुने जस्ता समस्या भने कायमनै रहेका छन् । संकलन गरिएको स्वावको रिपोर्ट ढिलो आउने जस्ता समस्या पनि छन् ।
प्रयोगशालामा देखिएका केही प्राविधिक समस्या र स्वाब संकलन धेरै भएर पालो पर्खनुपर्ने बाध्यता भएपनि अव निरन्तर हुने वताइएको छ ।
हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा पीसीआर परिक्षण गराउन आउनेहरुको पनि निकै चाप वढेको छ । पछील्ला दिनहरुमा बिदेशबाट फर्कने, कोरोना संक्रमित व्यक्ति नजिक भएकाहरुको चाप निके वढेको आइसोलेनका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । आइसोलेसनमा रहेर पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ प्राप्त भएपछी मात्र डिस्चार्ज गर्ने गरिएको छ ।
हेटौंडाको ल्यावमा निरन्तर रुपमा कोरोना भाइरसको संका लागेका विरामीको स्वाब परिक्षण गरिदै आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर सेडाइले वताउनुभयो ।
बितेको चैतमै ल्याव सञ्चालनमा ल्याएर निरन्तर रुपमा कोरोना परिक्षण गरिदै आएको छ । हेटौंडाको ल्यावमा मकवानपुर, बारा, पर्षा, रौतहट, सिंधुली, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ । हेटौंडाको कर्रामा रहेको आइसोलेसनमा कोरोनाको संका लागेका विरामीहरुको पनि कोरोना परिक्षण गरिदै आएको छ । बिदेशबाट फर्किएका र कोरोना संक्रमितको नजिक रहेकाहरुको स्वाब परिक्षणका लागि ल्याउने गरिएको छ ।