बाँकेमा गाडी दुर्घटना, ११ जनाको मृत्यु

जनपत्र
१९ जेष्ठ २०७७, सोमबार ०६:३८

काठमाडौं । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

भारतबाट मजदुरी गरेर नेपालगञ्ज हुँदै सल्यान जान लागेकाहरु दुर्घटनामा परेका हुन् ।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुको नेपालगञ्जमा उपचार भइरहेको छ ।

शवहरु भेरी अस्पतालमा ल्याइएको छ । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*