हेटौंडाको ज्योती माविका निजी श्रोतमा अध्यापन गराउने १६ जना शिक्षकको जिवन विमा

जनपत्र
१९ जेष्ठ २०७७, सोमबार ०६:३४

हेटौंडा । हेटौंडाको हर्नामाडीमा रहेको ज्योती माध्यमिक विद्यालयका निजी श्रोतका शिक्षकलाई विद्यालयले जिवन विमा गरिदिएको छ । बिद्यालयको अग्रेजी माध्यममा अध्यापन गर्नु हुने सम्पुर्ण निजि श्रोतका शिक्षक तथा कर्मचारीहरुलाई कदर स्वरुप १६ जनाको बिद्यालयकै आयस्रोतमा जिवन विमा गरिदिएको हो ।

शिक्षकलाई प्रति ब्यक्ति न्युनतम एक लाख रुपैयाँ बराबरको शुभारम्भ जीवन वीमा, दुर्घटना, पुर्ण अंगभंग सहित ६ वटा अतिरिक्त सुबिधा सहितको जीवन वीमा गरिदिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि हेटौंडा शाखा मार्फत आज एक कार्यक्रमका वीच कम्पनीका तर्फबाट क्षेत्रीय शाखा प्रमुख शिव कुमार कार्की , राजेश आचार्य र बिद्यालयको तर्फबाट विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, सदस्य बिमला बिसुन्खे, प्रधानध्यापक जयराम थापा लगायतकाको सहभागितामा जिवन विमा गरिदिएको हो ।

जिवन विमाका लागि विद्यालयकै सहायक प्रधानध्यापक भुपेन्द्र चौलागाईं र अग्रेजी माध्यम संयोजक आशिष चौलागाईंको सहभागीतामा विमालेख हस्तान्तरण कार्य सम्पन्न भयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*