दश दिन सम्म हेटौंडाको आइसोलेसनमा बास, रिपोर्ट नेगेटिभ आएपछी डिस्चार्ज

जनपत्र
१८ जेष्ठ २०७७, आईतवार १८:४५

हेटौंडा । कोभिड–१९ परीक्षणको रिपोर्ट नआउँदा हेटौंडाको आइसोलेसनमा वसेका तीन जनालाई आज रिपोर्ट नेगेटिभ आएपछी वल्ल डिस्चार्ज गरिएको छ । दश दिनदेखि आइसोलेसन र क्‍वारेन्टाइनमा बसिरहेकाहरुलाई आज डिस्चार्ज गरि पठाइएको हो ।

जेठ ९ गते हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा उनीहरुको स्वाब पीसीआर गर्दा प्राविधिक समस्या देखिएकोभन्दै थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल उनीहरुको स्वाबको पठाइएको थियो । तर, रिपोर्ट आउन ढिला भएपछी हेटौंडाकै प्रयोगशालामा परिक्षण गरी रिपोर्ट नेगेटिभ आएपछी आज पठाइएको आइसोलेसनका इन्चार्ज तथा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।

भारतबाट फर्किएका तीनजना हेटौंडा–४, स्थित कर्रामा रहेको आइसोलेसन वार्डमा रहेका थिए । उनीहरुलाई आज विदायी गरिएको चौलागाईले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*