काेराेनामुक्त भएर घर फर्किइन् हेटौंडाकी २५ वर्षीया महिला

जनपत्र
१८ जेष्ठ २०७७, आईतवार १४:२१

चितवन । चितवनको भरतपुर अस्पतलामा उपचाररत कोरोना संक्रमित एक महिला डिस्चार्ज भएकी छिन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १ चौकीटोल घर भएकी एक २५ वर्षीया गर्भवती महिला कोरोना संक्रमण पुष्टि भएको तेस्रो दिनमा नै संक्रमण मुक्त भएपछि अस्पतालले आइतबार बिहान डिस्चार्ज गरेको हो ।

गर्भवती ती महिलाले आफूलाई कोरोनाको संक्रमण कहाँबाट कसरी भयो भन्ने बारेमा नै आश्चार्यमा परेको बताइन् । ‘सुरुमा त रिर्पोट पोजेटिभ आयो भन्ने वित्तिकै डर लाग्यो,’ उनले भनिन्, ‘कसरी लाग्यो अचम्ममा परे, तर अहिले चाँडै नै निको भयो, खुसी लागेको छ । कोही पनि आत्तिनुपदैन’ उनले अस्पतालले दिएको सेवा प्रति धन्यवाद दिइन् ।

भरतपुर अस्पतलाका फिजिसियन डा. प्रमोद पौडेलले उनकाे शरीरमा भाइरल लोड कम भएको र इम्युनिटी पावर पनि राम्रो भएकोले छिटो निको भएको हुनसक्ने बताए । पाँच महिनाकी गर्भवती रहेकी उनको स्वास्थ्य अवस्था सामान्य छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार दुईपटकसम्म गरिएको आरटी पीसीआर परीक्षणमा रिर्पोट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएकी हुन् ।

गएको जेठ ९ गते चितवनबाट हेटौंडा गएकी ति महिलाको जेठ १४ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । आरडीटी परीक्षण नेगेटिभ देखिए पनि पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई भरतपुर ल्याएर भरतपुर अस्पतालमा उपचार गरिएको थियो । उनी र उनका श्रीमान चितवनमा नै रोजगारी गर्दछन् । अनलाइन खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*